काठमाण्डौ । कोरीयन भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग राख्दै बालकुमारीमा भएको झडपमा दुई युवाको मृत्यु भएको छ । ललितपु्को बालकुमारीमा भएको प्रहरी र प्रदशर्नकारी युवा बीचको  झडपमा दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा विरेन्द्र शाह र सुजन राउन रहेका छन् । घाइते भएपछि शाहलाई पाटन अस्पताल र सडकमा अचेत अवस्थामा फेला परेका राउतलाई किष्ट अस्पताल लगिएको थियो । दुवैजनालाई अस्पतालमा मृत्यु घोषणा गरिएको हो । 

सिप बिल्डीङमा अनुत्तिर्ण भएका परीक्षार्थीलाई उत्पादन र कृषि क्षेत्रतर्फको भाषा परीक्षामा सहभागी गराउनु पर्ने माग राख्दै युवाहरुले विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनलाई मत्थर पार्न प्रहरीले हस्तक्षेप गरेको थियो । सोहि क्रममा प्रदशर्नकारी युवा र प्रहरीबीच झडप भएको हो । उक्त क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रि प्रकाश सिंह ज्वालाको गाडीमा आगजनी भएको थियो ।