काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणका लागि आज माघ २६ गतेबाट आईपीओ निष्कासन गरेको छ।
कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरिएको छ।
कम्पनीले कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउने २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५ लाख १६ हजार ७०८ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा न्यूनतम १० र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।
यो आईपीओमा निष्कासन बन्द छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गते बैंकिङ समयपछि हुनेछ।
आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।
इमर्जिङ नेपालको आईपीओलाई धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो।
यसअघि निष्कासन भएको जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको थियो। यो आईपीओ २७ लाखभन्दा बढीले आवेदन दिएका छन्। जब कि गोलाप्रथाबाट यो आईपीओमा ४८ हजार ७९० आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउने भएका छन्।
त्यसैले इमर्जिङ नेपालको आईपीओमा पनि १० कित्ताका दरले आवेदन दिन नै उचित हुने देखिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago