काठमाण्डौ । ख्यातिप्राप्त विमान कम्पनी इमिरेट्स एअरलाइनले एअरबस ३५०–९०० (वाइडबडी) ५० वटा विमान खरिद गर्न यूरोपेली बहुराष्ट्रिय विमान कम्पनी एअरबससँग १६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको छ ।
कम्पनीले सोमबार दिएको जानकारी अनुसार उक्त विमानहरूले सन् २०२३ को मेदेखि सेवा दिनेगरी सम्झौता भएको हो ।
“संयुक्त अरब इमिरेट्सको ध्वजाबाहक विमान कम्पनीले एअरबस ३५० का ५० विमान किन्ने सम्झौता भएको घोषणा गर्न पाउँदा खुशी लागेको छ,” इमिरेट्स कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत शेख अहमद् विन साइद अल–माक्तौमले सञ्चारकमीसँग भने ।
इमिरेट्सले विश्वका विभिन्न ८४ मुलुकका १५८ गन्तव्यमा उडान भर्दै आएको छ। हाल कम्पनीसँग २६७ ठूला तथा १०० भन्दा बढी एअरबस रहेका छन् ।
“सम्झौता हुनु एअरबसका लागि खुशीको कुरा हो,” बहुराष्ट्रिय विमान निर्माण कम्पनी एअरबसका प्रमुख कार्यकारी अधिकृत गुलियाम फाउरले भने, “इमिरेट्सले एअरबसलाई रोजेकोमा हामी गौरवान्वित भएका छौ ।” - रासस/एएफपी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19