– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ६ दिन कारोबार भएको छ। जसमा बजार ४ दिन बढ्यो भने २ दिन घटेको छ।
अघिल्लो साताको अन्तिम दिन बजार २००९.४६ मा बन्द भएको थियो। यो साताको अन्तिम दिन बजार २०१७.४६ मा बन्द भएको छ। यो हिसाबले साप्ताहिक रुपमा बजार ८ अंकले बढेको छ।
यो साताभरि ९ अर्ब ६० करोड रुपैयाँबराबरको सेयर करोबार भएको छ। यो भनेको दैनिक औसत १ अर्ब ६० करोड रुपैयाँबराबरको कारोबार हो। अघिल्लो साता बजारमा ९ अर्ब ७२ करोड रुपैयाँबराबर कारोबार भएको थियो। यो साता बजार बढे पनि साप्ताहिक रुपमा कारोबार भने सामान्य घटेको छ।
प्राविधिक पक्ष
इलिअट वेभका आधारमा
इलिअट वेभ र फिवोनासीमार्फत जोडेर हेर्दा बजारमा हालको न्यून विन्दु १८०६ नै मानिन्छ भने वेभ १ मा २१४८ र वेभ २ मा करेक्सनका साथ १९०८ को विन्दुसम्म आइसकेको छ। अब वेभ ३ मा तीव्र बढोत्तरीका साथ २४०० सम्म र वेभ ४ मा करेक्सनसँगै बजार २२७१ सम्म र वेभ ५ मा बजार पुनः बढोत्तरीका २७५० सम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिर हेर्नुहोस्)
क्यान्डल स्टिकका आधारमा
सेयर बजारमा अघिल्लो साता ३६ अंक बढोत्तरी हुँदै गर्दा ह्याम्मर स्टिक क्यान्डल बनेको थियो। यो साता भने बजारले जम्मा ८ अंक बढेर सातभर बढेको इन्डेक्सन अन्तिम कारोबारमा केही गुमाएको छ। यो हिसाबले बजारमा इन्भर्टेड ह्याम्मर बनेको छ। यसले बजारमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ। यस्तो आकृति बढ्दो बजारमा बनेको खण्डमा बजारमा गिरावट आउने र घट्दो बजारमा बनेको खण्डमा बढोत्तरी आउने देखिन्छ।
यो साता न्यून विन्दुमा इन्भर्टेड ह्याम्मर बनेको कारण आगामी साता बढोत्तरीको सम्भावना रहन्छ। आगामी साता यदि बजार २००० भन्दा तल गएमा गिरावट र २०६० भन्दा माथि गएमा बढोत्तरी आउन सक्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
बजारलाई साप्ताहिक रुपमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएर मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। तल्लो ब्यान्डमा अघिल्लो साता ह्याम्मर तथा यो साता इन्भर्टेड ह्यम्मर बनेकोले ट्रेन्ड रिभर्सलको संकेत बुझिन्छ। म्याक्डीमा हिस्टोग्राम नेगेटिभ भए पनि छोटा–छोटा भएको देखिन्छ। यसले आगामी साता बुलिसक्रसको सम्भावना देखिन्छ। (हेर्नुहोस् कालो एरो)
आरएसआई पनि साप्ताहिक रुपमा २५ को ओभर सोल्ड जोनबाट बढेर ३५ को तहमा पुगेको छ। यसले बजार विस्तारै सम्हालिँदै गएको बुझिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यन्रतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। आगामी साताका लागि पिभट प्वइन्ट २०४३ मा देखिन्छ। आगामी कारोबारमा यदि बजार यहाँभन्दा माथि जान्छ भने बुलिस यात्रामा रहेको बुझ्न सकिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : १९७६
घटेमा सपोर्ट
निष्कर्ष
यो साता सेयर बजारमा सामान्य अंकले मात्रै सकारात्मक रह्यो। धेरै लगानीकर्ता पर्ख र हेरकै अवस्थामा रहेको देखिन्छन्। साप्ताहिक रुपमा हेर्दा बजारमा केही अल्पकालीन नाफाबुक पनि देखिन्छ। साताको अन्तिम कारोबारमा केही करेक्नस पनि आएको छ। म्याक्डीमा भने हिस्टोग्राम नेगेटिभ नै रहे पनि छोटा–छोटा हुँदै गएको देखिन्छ। यसले आगामी कारोबारमा बुलिस क्रस हुन सक्ने देखिन्छ। हालसम्म बजार पिभट प्वइन्टभन्दा माथि नै रहेका कारण मजबुत नै रहेको देखिन्छ। आगामी साताको पिभट प्वइन्ट १९७६ मा रहेको छ। आगामी साता यदि १९७६ भन्दा माथि नै कारोबार हुन्छ भने बजार अप ट्रेन्डको यात्रा तय गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19