काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले १०० अंकित दरका कुल ६ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ। यो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीयले खरिद आवेदन दिन सक्नेछन्। 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आवेदन एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट दिन सकिनेछ। 

यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ २१ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा यो आईपीओमा असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ। 

इष्टर्न हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत साउन ९ गते निष्कासन अनुमति दिएको थियो। स्थानीयलाई आईपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ। 

यो कम्पनीले भोजपुरको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।