काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले १०० अंकित दरका कुल ६ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। यो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीयले खरिद आवेदन दिन सक्नेछन्।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आवेदन एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट दिन सकिनेछ।
यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ २१ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा यो आईपीओमा असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ।
इष्टर्न हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत साउन ९ गते निष्कासन अनुमति दिएको थियो। स्थानीयलाई आईपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।
यो कम्पनीले भोजपुरको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago