काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिंक गरिएको बैंक खातामार्फत सीधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको छ। 

इसेवा अकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरिएको हो। यही भदौ २० गतेदेखि असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार विजेताले ३५० सीसीको मोटरसाइकल जित्न सक्नेछन्। यस योजनामा दैनिक, साप्ताहिक र मासिक पुरस्कार जित्न सकिन्छ। 

उपहार पुरस्कारहरुका लागि योग्य हुन सहभागीले योजना अवधिमा उनीहरुको लिंक गरिएको बैंक खातहरुर प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ।

दैनिक पुरस्कार

दैनिक पुरस्कार विजेताहरुको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ। दैनिक विजेताहरु बम्पर पुरस्कारसँगै साप्ताहिक र मासिक पुरस्कारहरुका लागि पनि योग्य हुनेछन्।

साप्ताहिक पुरस्कार

साप्ताहिक पुरस्कार विजेताहरुको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ। साप्ताहिक विजेताहरु बम्पर पुरस्कारसँगै दैनिक र मासिक पुरस्कारहरुका लागि पनि योग्य हुनेछन्।

उपहार ह्याम्परहरु संकलन गर्न विजेताहरुले आफ्नो प्यान कार्ड विवरणहरु बुझाउनु पर्छ र पुल्चोक, ललितपुरमा रहेको ईसेवाको मुख्य कार्यालय वा तोकिएको शाखा कार्यालयमा जानुपर्नेछ।

नेपालको प्रचलित कानुनअनुसार भाग्यशाली विजेताले जितेको पुरस्कारमा २५% रकमको विन्ड फल गेन कर लगाइनेछ।

मासिक पुरस्कार

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोफाइल मार्फत ७५ लाख बढी ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका २ लाख १५ हजारभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन्। 

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, लोक सेवा आयोग को आबेदन दस्तुर, आन्तरिक राजश्व कार्यालयको राजश्व, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ।