काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरुको महान चाड दसैँको उपलक्ष्यमा ‘दसैँको उमंग, डिजिटल सपिङसँग’ उपहार योजना सार्वजनिक गरेको छ। 

दसैँको बेला आममानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दसैँको अवसर पारेर इसेवाले यस्तो योजना सार्वजनिक गरेको हो। यो योजना असोज १० गतेदेखि असोज २४ गतेसम्म सञ्चालन हुनेछ। 

यस योजनाअन्तर्गत इसेवा एपमा रहेको रु. १ स्किममा भाग लिई विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिन्छ। इसेवा दसैँ स्पेसलमा गई रु. १ मा भाग लिँदा एकजना भाग्यशाली विजेताले काठमाण्डौदेखि नयाँदिल्लीसम्मको हवाई टिकट प्राप्त गर्न सक्नेछन्। 

यसैगरी रु. १ मै दुईजना भाग्यशाली विजेताले रियलमी नाइन आई फाइभजी मोबाइल प्राप्त गर्न सक्नेछन् भने २० जनाले इसेवाको प्रिभिलेज हेल्थ इन्स्योरेन्स् प्याकेज प्राप्त गर्न सक्नेछन्। रु. १ अफरमा सहभागी भई विजेता बन्न नसकेका व्यक्तिहरुको १ रुपैयाँ फिर्ता हुनेछ। 

यसैगरी प्रयोगकर्ताले इसेवामा दसैँ अफर सेग्मेन्टमा गई विशेष छुटमा टप ब्रान्डहरु सीजी, आईएनए सेन्टर, आईटीटीआईलगायतका ब्रान्डका मनपर्ने वस्तुहरु खरिद गर्न सकिन्छ। विशेष छुटमा रेफ्रिजेरेटर, ल्यापटप, वासिङ मेसिन, माइक्रोवेभ, इलेक्ट्रिक गिजर, हिटर, भ्याकुम क्लिनर, परफ्युमलगायत विभिन्न वस्तुहरु खरिद गरी मौकाको फाइदा उठाउन सकिनेछ। 

यसका साथै अफर अवधिभर अन्तर्राष्ट्रिय गन्तव्यको टिकट काट्दा एकजनाले काठमाण्डौ–कतारको राउन्ड ट्रिप टिकट प्राप्त गर्न सक्नेछन्। 

यसैगरी इन्टरनेटको बिल तिर्ने प्रयोगकर्तामध्ये हरेक दिन एकजनाले सतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। यस्तै दराज डिस्काउन्ट भौचरमार्फत रु. १०० देखि १ हजार १०० सम्मको खरिद गर्दा २५० रिवार्ड प्वइन्ट, रु.२०० देखि रु. २ हजार १०० सम्म ५००, रु. ५०० देखि रु. ५ हजार १०० सम्मको खरिदमा १ हजार २५० रिवार्ड प्वइन्ट पाउन सकिन्छ। 

यस अफरअन्तर्गत इसेवामार्फत क्यूआर गर्दा गोकर्ण रिसोर्टमा ५ प्रतिशत, क्लब हिमालयमा १० प्रतिशत, हाम्रो शृंगारमा ५ प्रतिशत, टीएस आरमोराईमा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ। 

इसेवाले हाल एन्ड्रोइड मोबाइलमा ५५ लाख र आईओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एपमार्फत सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज र बसको टिकट, स्कुल र कलेजको शुल्कलगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।