काठमाण्डौ। सेयर कारोबार गर्ने तथा आईपीओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ अकाउन्ट नवीकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन्।
यसअघि डिम्याट अकाउन्ट नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले ‘मेरो सेयर’ अकाउन्ट नवीकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो। योसँगै मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट लगानीकर्तालाई मुक्ति मिलेको छ।
लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो सेयर अकाउन्ट नवीकरण गर्न सकिने इसेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताए। उनका अनुसार इसेवामा नेपालमा रहेका सबै क्यापिटल र सेयर ब्रोकर आबद्ध छन्।
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो। इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज तथा बसको टिकट, स्कुल–कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ।
इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago