काठमाण्डौ । नेपालको पहिलो भुक्तानी प्रणाली सेवा प्रदायक इसेवामार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ।

इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्न सकिनेछ। यस्तै मेरो स्कुलको ३ महिनाको निःशुल्क सब्क्रिब्सन गर्न सकिनेछ भने किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको निःशुल्क सब्क्रिब्सन गर्न सकिनेछ। 

इसेवामार्फत देशभरबाट ४ हजारभन्दा स्कुलको शुल्क भुक्तानी गर्न सकिनेछ।

हाल इसेवामा प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ। 

यसैगरी अप्रत्यक्ष रुपमा करिब १ करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। 

हाल इसेवाका देशभर करिब १ लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हालसम्म इसेवाको मोबाइल एप डाउनलोड गर्नेको संख्या पनि करिब ५० लाख पुगिसकेका छन्। इसेवामा हाल मर्चेन्टको संख्या २ लाख बढी रहेका छन्। 

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ। इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।