काठमाण्डौ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालमै पहिलोपटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा उपलब्ध गराएको छ। यो फिचरबाट नचिनेको मानिसलाई समेत सुरक्षित रुपमा रकम तथा सामान उपलब्ध गराउन सकिन्छ।
नयाँ फिचरबारे इसेवाका चिफ म्यानेजर आशिष गौतमले भने, ‘अहिले मैले तपाइँलाई सामान दिन्छु भन्ने इसेवामा पैसा हाल्न लगाउने तर सामान नदिने काम भइरहेको छ, त्यस्तो कामलाई कम गर्न सक्युर्ड ट्रान्सफर फिचर आएको हो, जहाँ सामान डेलिभर भएपछि मात्र रकम रिलिज हुनेछ।’
यो फिचरबाट इसेवा प्रयोगकर्ताले अर्को इसेवा वालेटमा सुरक्षित रुपमा पैसा पठाउन सक्ने छन्। यो फिचर १ हजारभन्दा माथिको रकम पठाउँदा प्रयोग गर्न सकिनेछ। यो सेवामा सामान डेलिभर भइसकेपछि पैसा पाउने व्यक्तिले रिक्वेस्ट बटनमा क्लिक गर्नुपर्नेछ, त्यो सूचना पैसा पठाउने व्यक्तिलाई जानेछ।
सामान वा सेवा पाएपछि मात्रै पैसा पठाउने व्यक्तिले उक्त रकम रिलिज गर्नुपर्नेछ। यसका साथै यदि सामान पठाएको र नपाएको विवाद भएमा प्रमाणसहित कम्प्लेन गर्न सकिनेछ। यसले फ्रड कारोबार पनि कम गर्ने इसेवाको विश्वास छ।
यो फिचर सःशुल्क उपलब्ध रहेको छ। १ हजारभन्दा माथिको कारोबारमा सेक्युर्ड ट्रान्सपर फिचर प्रयोग गर्न सकिनेछ। १ हजारदेखि ५ हजारसम्मको कारोबार गर्दा ५ रुपैयाँ शुल्क लाग्नेछ भने ५ हजारदेखि माथिको पैसा पठाउँदा १० रुपैयाँ शुल्क लाग्नेछ। तर, यदि सामान नपाएको र पठाएको विवाद भएमा त्यस्तो अवस्थामा सय रुपैयाँ शुल्क लाग्नेछ।
यो अटो वा म्यानुअल रुपमा प्रयोग गर्न सकिनेछ। यदि तपाइँले नचिनेको व्यक्तिलाई पैसा पठाउँदै हुनुहुन्छ भने सेक्युर्ड ट्रान्सफर फिचर प्रयोग गर्न इसेवाले आग्रह गर्नेछ।
मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रुपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।
हाल इसेवाका देशभर करिब १ लाख २५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago