काठमाण्डौ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुनः रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ। 

इसेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो। यस अफरअन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन्। 

यस अफरअन्तर्गत रिफर गरेको व्यक्तिले इसेवामा रजिस्ट्रर गर्दा रु. २० आम्दानी गर्न सक्नेछन्। यस्तै इसेवामा न्यूनतम रु. १०० रकम लोड गर्दा रु. ५ र कारोबार गर्दा रु. १० सहित रु. ३५ आम्दानी गर्न सकिन्छ। रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिनभित्र सोही लिंक क्लिक गरी आग्रह–रिफर स्वीकार गर्नुपर्नेछ। 

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ। 

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरुको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।