काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘१ मा ४’ अफर सार्बजनिक गरेको छ। 

यस अफरअन्तर्गत दैनिक रु. १ भन्दा कम रुपैयाँमै आफूसहित अन्य ४ जना आफन्त तथा साथीभाइको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिनेछ। यस अफरमा आफन्त र साथीभाइलाई समेत समावेश गर्न सकिनेछ। 

यस अफरमा सहभागी हुन आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न  दैनिक रु. १ भन्दा कम अर्थात् वार्षिक ३६० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ। यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नुपरेमा हरेक सदस्यको वार्षिक २७० रुपैयाँ शुल्क लाग्नेछ। 

यसैगरी आफूसहित साथीभाइलाई समावेश गर्नुपरेमा १ जना साथीको वार्षिक ३६० रुपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ। इसेवाले आफ्ना प्रयोगकर्ता र उनीहरूका आफन्त र साथीभाइलाई स्वास्थ्य तथा आइपर्ने भवितव्य एवं दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो। 

यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाइल एपमा गई इसेवा केयर सेवाअन्तर्गत यो प्याकेज खरिद गर्न सकिनेछ। जहाँ ग्राहक आफू, आफ्नो परिवार तथा साथीभाइलाई थुप्रै स्वास्थ्य सेवाका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिनेछ। 

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई १ लाख रुपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ। यस प्योकजअन्तर्गत आकस्मिक उपचार र चिकित्सा परीक्षण तथा चोटपटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ। यस प्याकेजमा १ लाखभन्दा बढीको दुर्घटना बीमा, २४–घन्टाभन्दा बढीको अस्पतालमा भर्ना भएमा १० हजारसम्मको उपचार खर्च, छाला, कपाल तथा ब्युटी केयरमा २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ। 

यसैगरी दाँत सफा गर्दा एवं दन्त उपचारमा रु. ५०० छुट, फुल बडी चेकअपमा ५० प्रतिशत छुट तथा आँखा र फिटनेस सेवामा २५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने इसेवामा १०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिन्छ। 

यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नका लागि ३५ दिनभित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्नेछ। यस अफरमा गर्भावस्था, गर्भपतन, जन्म नियन्त्रण, बाँझपनको उपचारका जटिलता, मानसिक वा नर्भस ब्रेक डाउन, जन्मजात वा वंशानुगत दोष वा अवस्थाहरु, एचआइभी वा कुनै यौनजन्य रोग, रक्सी वा अन्य लागुऔषध दुरूपयोग,आत्महत्या वा कुनै अंग प्रत्यारोपण, बैकल्पीक शल्यक्रिया, प्लास्टिक सर्जरी, नियमित परिक्षण गरिरहनुपर्ने रोगहरूमा भने यो हेल्थ केयर प्याजेजबाट बीमा दाबी गर्न सकिने छैन। यस प्याकेजमा बीमा खरिद गरेको ३० दिनपछि मात्र अस्पताल भर्नाको दाबी गर्न सकिन्छ। 

यसका साथै यो अफरमा ६० वर्षभन्दा कम उमेर समूहका व्यक्तिले मात्र सहभागिता जनाउन सकिनेछ। 

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। 

यसैगरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा जनसंख्याले सेवा लिइरहेका छन्।