काठमाण्डौ । के तपाइँ इसेवा परिवारमा भर्खरै मात्र इसेवा क्यूआर मर्चेन्ट भएर जोडिनुभएको हो ? यदि हो भने इसेवाले तपाइँका लागि आकर्षक उपहारहरु जित्ने एउटा अफर लिएर आएको छ। 

यस अफरमार्फत इसेवा क्यूआर मर्चेन्टहरुले रु. ५०० सम्मको टप–अप तथा हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्नेछन्। यो अफर ३ महिनासम्म (भदौ १५ गतेदेखि मंसिर १४ गते)सम्म चल्नेछ। 

यस अफरमार्फत क्यूआर मर्चेन्ट भएका व्यवसायीहरुले इसेवामार्फत प्राप्त बिजनेस क्यूआरमार्फत भुक्तानी लिएको हुनुपर्नेछ। व्यवसायीहरुले इसेवा बिजनेस क्यूआर सक्रिय भएको पहिलो महिनामै रु. १०० वा सोभन्दा बढीको ३ वा बढी कारोबार क्यूआरमार्फत प्राप्त गर्दा रु. १० देखि रु. ५०० सम्मको टप–अप प्राप्त गर्न सक्नेछन्। साथमा हरेक हप्ता ५ जना भाग्यशाली मर्चेन्टले रु. १ हजार ५०० बराबरको एक महिनाको इन्टरनेट प्याकेज पनि जित्न सक्नेछन्। 

यस अफर र यसका सर्तहरुबारे विस्तृतमा जान्नका इसेवाको आधिकारिक ब्लगमार्फत हेर्न सकिन्छ। 

इसेवामार्फत प्राप्त बिजनेस क्यूआर प्रयोग गरी भुक्तानी लिँदा व्यवसायीले आफ्नो इच्छाअनुसार इसेवा खाता वा बैंक खातामा पैसा जम्मा गर्न सक्नेछन्। साथमा इसेवा प्रयोगकर्ताले समेत डिजिटल माध्यमको प्रयोग गरी नगद वा चानचुनको झन्झट बिना सजिलै कारोबार गर्न सक्नेछन्।

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत सेवा लिइरहेका छन्। 

इसेवाबाट इन्सयोरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका करिब २ हजार ५०० वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।