काठमाण्डौ । स्थापनाकालको छोटो समयमै वैधानिक माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको छ।

पुल्चोकको स्क्वायर होटेलमा सम्पन्न प्रेस कन्फ्रेन्समार्फत इसेवा मनी ट्रान्सफरले यस अभियान अन्तर्गत फेरी पनि काठमाण्डौमा घर योजना सार्वजनिक गरेको छ। कार्यक्रममा इसेवा मनी ट्रान्सफर र इसेवाबीच सम्झौता परिस्थापनासँगै सुरु भएको थियो। 

यो अभियान भोलि २०८० असोज १ बाट सुरु भएर २०८१ असार ३१ सम्म जारी रहने कम्पनी स्रोतले जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो। 

यसका साथै यो योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितिलाई थप मजबुत बनाउनका लागि पनि १० महिने यस योजना सार्वजनिक गरिएका, कम्पनीले जनाएको छ। 

“मेरो डिजिटल देश” अभियानअन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्। यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल तथा बम्पर उपहारमा १ जनाले काठमाण्डौमा घर प्राप्त गर्न सक्नेछन्। 

अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले भने, ‘यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो। प्रत्येक विदेशमा काम गर्ने नेपालीको एउटा आकांक्षा भनेको काठमाण्डौमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट हामीले कम्तीमा एक व्यक्तिको सपना पूरा गर्न सक्नेछौँ। साथै, इसेवा मनी ट्रान्सफर र इसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढावा दिइनेछ। यसबाहेक हामीलाई थाहा छ रेमिट्यान्स हाम्रो राष्ट्रिय आम्दानीको महत्वपूर्ण हिस्सा पनि हो। यो योजनामार्फत हाम्रो उद्देश्य नेपाली नागरिकको आकांक्षा पूरा गर्ने हो। जसले आफ्नो परिवारमा खुसी ल्याउन र सम्पूर्ण राष्ट्रको समृद्धिमा योगदान पुर्याउन लगनशील भई काम गरिरहेको छ।’

अभियानबारे एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले भने, ‘इसेवा मनी ट्रान्सफरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको छ। यस योजनाअन्तर्गत विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीलाई डिजिटल इकोसिस्टममा सक्रिय रुपमा सहभागी हुन र आफ्नो रेमिट्यान्स आवश्यकताका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन प्रोत्साहित गर्दछु।’

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवा र इसेवा मनी ट्रान्सफरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरुलाई डिजिटल माध्यम बाट केहि मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए। ‘यो अभियानमार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ’, उनले भने। 

अभियानबारे इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘यो अभियानमा विश्वको जुनसुकै ठाउँमा रहेका नेपाली सहभागी हुने र देश डिजिटल बनाउनमा योगदान पुर्याउनुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। विश्वका बिभिन्न देशबाट नेपालमा पैसा पठाएर देशलाई यति ठूलो आर्थिक योगदान पुर्याकउनु हुने ती सहयोगी हातमध्ये केहीलाई १० महिने यस अभियानमार्फत हामी विशेष रुपमा सम्मान गर्नेछौँ।’

यसका साथै इसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेसेडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ राई र इसेवाका ब्रान्ड एम्बेसेडर विपीन कार्कीले डिजिटल रेमिट्यान्ससम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवर्द्धन गर्न  सहभागिता जनाउने कम्पनीले जनाएको छ। 

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई आफ्ना १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका २ करोडभन्दा बढी जनसंख्या र १२ लाखभन्दा बढी साना तथा मझौला उद्योगलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।