काठमाण्डौ । संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनीक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै परम्परागत शैलीको रेमिट्यान्स सेवालाई भित्र्याउँदै आएको देशभरि आन्तरिक रेमिट्यान्सको सेवा समेत  प्रदान गर्दै आएको नेपालकै नं १ डिजिटल रेमिट्यान्स कम्पनी इसेव मनी ट्रान्सफर र नेपालको वित्तीय बजारमा चिरपरिचित नाम प्रभु म्यानेजमेन्ट प्रालिबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

यस सम्झौतासँगै संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्र र इसेवा वालेटका ५ हजार बढी एजेन्टसँगै अब प्रभु म्यानेजमेन्टसँग आबद्ध नेपालभरि रहेका ७ हजार बढी सहकारी संस्थाबाट समेत इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिनेछ।

यसका साथै प्रभु म्यानेजमेन्टसँग आबद्ध सहकारी संस्थाहरुबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यी सहकारी संस्थाहरुमा रकम जम्मा गर्नसमेत सकिनेछ।

सम्झौताबारे आफ्नो मन्तव्य व्यक्त गर्दै इसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइरालाले भने, ‘प्रभु म्यानेजमेन्टसँग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ। प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जाल मार्फत हाम्रा ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने कुरामा हामी विश्वस्त छाँं र यसले इसेवा मनी ट्रान्सफरको विस्तारित नेटवर्कलाई फैलाउनमा थप मद्दत पुर्याएको छ।’

प्रभु मेनेजमेन्ट रेमिट्यान्स सेवा, बैंकिङ सेवा, सहकारीलगायत अन्य छरपस्ट रुपमा रहेका विभिन्न सुविधालाई एउटै छातामा समेटेर जनस्तरसम्म पुर्याउनका लागि २०६९ साल असोज १० गतेका दिन विधिवत शुभारम्भ भएको थियो। अतः आफ्नो सञ्जालमा रहेको सम्बन्धलाई अझ प्रभावकारी रुपमा अघि बढाउनका लागि प्रभु म्यानेजमेन्टले एउटै छानामुनि सम्पूर्ण अन्तर्राष्ट्रिय रिमिट्यान्स भुक्तानी सुविधाका साथै एनटीसी, एनसेलको मोबाइल रिचार्ज सुविधा, डिस होम र एडिएसएलको बिल भुक्तानी सुविधा उपलब्ध गराएको छ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताको र ६० भन्दा बढी बंैक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई १० हजार भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।