काठमाण्डौ । इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ।
पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उद्देश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो। सम्झौतापत्रमा इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै पोखरा उद्योग वाणिज्य संघमा आबद्ध हरेक सदस्य तथा अन्य पसलहरुमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने सुविधा प्रदान गरिनेछ। पोखरा उद्योग वाणिज्य संघमा ७१ वटा वस्तुगत संघ र ३५ सय बढी व्यवसाय तथा फर्म आबद्ध छन्।
सम्झौता कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले गरेका थिए। उनले अनलाइन पेमेन्टले भ्रष्टाचार रोक्न सघाउ पुर्याउने बताए। उनले नगद भुक्तानका लागि धेरै व्यक्तिहरु धेरै ठाउँमा खटिनुपर्ने उल्लेख गर्दै अति नै मितव्ययी रहेकोले इसेवा डिजिटल पेमेन्टको क्षेत्रमा आजको आवश्यकता रहेको टिप्पणी गरे।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भने, ‘परिवर्तित समयअनुसार आफ्ना व्यापारव्यावसायलाई परिमार्जन गर्दै लैजाने क्रममा इसेवासँग साझेदारी सम्बन्ध गाँस्न पाउँदा खुसी छौँ। पछिल्लो समय क्यूआरकोे लोकप्रियता बढेको छ र यसले पैसा बोक्ने सिस्टम विस्तारै कम हुँदै गएको हुनाले हामी पनि यसको प्रयोगलाई बढाउन अग्रसर भएको हौँ।’
कार्यक्रममा इसेवाका सीएसओ रोशन लामिछानेले प्रविधिको सही र उच्चतम प्रयोगका लागि संघ र सदस्यहरुको सामीप्यताका लागि तथा डिजिटल भुक्तानी र प्रविधिमैत्री सहर र व्यवसायका लागि संघसँग इसेवाले सहकार्य गरेको बताए।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झन्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ। हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।
हाल इसेवाका देशभर करिब १ लाखभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन्।
इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल, कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago