काठमाण्डौ। संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै परम्परागत शैलीको रेमिट्यान्स सेवालाई आत्मसात गर्दै देशभरि आन्तरिक रेमिट्यान्सको सेवासमेत प्रदान गर्दै आएको रेमिट कम्पनी इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरि आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ। 

यो सुविधा यही मार्च १ बाट प्रारम्भ भएर आउँदो मे ३१ सम्म ३ महिनासम्म चालु रहनेछ। इसेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफरमार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई  पठाएको आन्तरिक रेमिट्यान्स नेपालभरि रहेका १० हजार बढी भुक्तानी केन्द्र तथा ५ हजार बढी इसेवाका एजेन्टमार्फत तुरुन्तै पाउने व्यक्तिको हातसम्म पुग्नेछ।

हालै नपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन रु. २५ हजार सम्मको मात्र कारोवार गर्न मिल्ने व्यवस्था गरेसँगै आन्तरिक डिजिटल रेमिट्यान्स कारोबारलाई प्रोत्साहन गर्न यस ‘शून्य शुल्कमा रेमिट्यान्स’ सेवाले निकै ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ। 

त्यस्तै यस ३ महिने शून्य शुल्कमा रेमिट्यान्स सेवा अवधिका दौरान इसेवाले ३ महिनासम्म हरेक महिना १ जना विजेतालाई एउटा रेडमी ९आई स्मार्ट फोन दिने योजनासमेत ल्याएको छ। त्यसका लागि इसेवा वालेट प्रयोगकर्ताले इसेवा एपको रेमिट्यान्स आइकोनमा क्लिक गरी इसेवा मनी ट्रान्सफरमा गई तोकिएको विवरण पूरा गरी रेमिट्यान्स पठाउनुपर्ने हुन्छ।

इसेवाले नेपालका सुविधासम्पन्नदेखि दूरदराज विकट क्षेत्रहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ। 

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताको र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई १० हजार भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।