काठमाण्डौ । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। यो आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो। 

कम्पनीले गत असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। 

कम्पनीले १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुने आउने ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ६ लाख २५ हजार १९० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्। 

यो आईपीओमा १३ लाख ५८ हजार २२० आवेदकबाट कुल १ करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो। जसमा १३ लाख ५६ हजार २२४ आवेदकबाट परेको १ करोड ४८ लाख ४७ हजार ५५० कित्ता सदर भएको छ। बाँकी १ हजार ९९६ आवेदकबाट परेको २६ हजार ४९० कित्ता सेयर बदर भएको छ। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ६२ हजार ५१९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यो आईपीओमा सदर आवेदकमध्ये १२ लाख ९३ हजार ७०५ आवेदकको हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको अन्तिम नतिजा आईपीओ निष्कासनकर्ता कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएससीको https://iporesult.cdsc.com.np/मा हेर्न सकिनेछ।