काठमाण्डौ । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिनै २ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
कम्पनीले आज वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।
नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता आईपीओ बिक्री गर्ने अनुमति दिएको थियो। त्यसमध्ये कम्पनीले जारी पुँजी १० प्रतिशतले हुन आउने ६ लाख कित्ता आयोजना प्रभावितलाई निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यसमा ३ लाख ६ हजार ८४० कित्तामात्रै बिक्री भएको छ।
कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। कुल १२ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता विदेशमा रहेका श्रमिकलाई बिक्री खुला गरिसकिएको छ।
अब बाँकी रहेको १० लाख ८० हजार कित्ता र स्थानीयलाई बिक्री हुन बाँकी २ लाख ९३ हजार १६० थपेर कुल १३ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। त्यसमा २ प्रतिशतले हुन आउने २९ हजार ८६३ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।
सीडीएससीका अनुसार यो आईपीओमा २ लाख ५३ हजार १५ आवेदकबाट कुल २८ लाख २१ हजार ४४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.२२ गुणाले बढी हो।
मागभन्दा बढी आवेदक परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ। जसमा भाग्यमानी १ लाख २६ हजार ८६३ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
यो आईपीओको निष्कासन बन्द वैशाख १७ गते हुनेछ। ईङवा हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago