काठमाण्डौ । भुक्तानी सेवा प्रदायक ई- सेवाले इसेवा केयरसुविधामा क्रिसमस अफर अन्तरगत ३६ हजार क्यासब्याक पाइने अफर सार्बजनिक गरेकोछ।

दैनिक एक रुपैयाँभन्दा कममै हेल्थकेयर सुविधा लिन सकिने ई-सेवा केयरमा यस्तो अफर सार्बजनिक गरिएको हो।अफरअन्तरगत वर्षको ३६० रुपैयाँमा २लाख ३० हजारसम्मको कभरेज प्रदान हुनेछ।

यो सेवा पुस ८ गते खरिद गरेमा एकजना भाग्यशाली बिजेताले १०० गुणा अर्थात् ३६हजार रुपैयाँको क्यासब्याक पाउने छन्।

ई- सेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितव्य तथा दुर्घटनालाई ध्यानमा राख्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा प्रदान गरिरहेको छ।

यस सुविधा प्रयोग गर्नका लागि ई-सेवाको मोबाइल एप्समा गएर ई सेवाकेयरसेवा अन्तर्गत दैनिक एक रुपैयाँभन्दा पनि कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिने छ।

जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूकासाथै अस्पताल भर्ना बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन्।

यस प्याकेजअन्तर्गत हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट २ लाख ३० हजारसम्मको दुर्घटना उपचार खर्च रअस्पतालको बेडशुल्कको बीमा दाबी गर्न सकिने छ।जसअन्तर्गत अस्पतालको बेड चार्जमा १० हजार रूपैयाँसम्म र २ लाख २० हजार सम्मको दुर्घटना बीमा उपलब्ध छ।साथै विभिन्न स्वास्थ्यसेवामा ३० प्रतिशतसम्मको छूट पनि पाउने व्यवस्था छ ।

यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन इन्स्योरेन्समा आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्ने छ।खरिदकर्ता ले ई- सेवामार्फत् पनि डकुमेन्ट बुझाएर दाबी भुक्तानीको लागि प्रक्रिया सुरु गर्न सक्दछन्।

हाल ई- सेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइलमार्फत ८० लाख बढि ग्राहकले सेवा लिइरहेका छन्। 

ई- सेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसकोटिकट, स्कुल कलेजको शुल्कभुक्तानी गर्न सकिन्छ