काठमाण्डौ ।  धादिङका निरज थापा मगरले ई-सेवाको बैंक लिंक एकाउन्टमार्फत् भुक्तानी गर्दा बम्पर उपहारमा ३५० सीसीको मोटरसाइकल  पाएका छन् ।

ई-सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले मंगलबार नै भाग्यशाली विजेता थापा मगरलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले  आगामी दिनमा पनि यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए ।

भुक्तानी सेवा प्रदायक  ई-सेवाले गत भदौ २० देखि  कात्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । उक्त अफरमा  ई- सेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत् भुक्तानी गर्दा  बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए । 

हाल ई-सेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् ।