काठमाण्डौ। भुक्तानी सेवा प्रदायक ई- सेवाले काठमाण्डौको थानकोटस्थित त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने सुविधा ल्याएको छ ।

लामो समयदेखि पार्कले आगन्तुक पाहुनाहरुलाई स्वच्छ सफा हरियाली वातावरणमा  पिकनिक तथा घुमघामको लागि व्यवस्था गर्दै आइरहेको छ ।
पार्कमा प्रवेश गर्न एक निश्चित रकम प्रवेश शुल्क छ जुन अबदेखि ई- सेवाबाट सजिलै भुक्तानी गर्न सकिने छ।

हाल ई- सेवाबाट बीमाको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज तथा बसको टिकट, स्कुल तथा कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।