काठमाण्डौ। ई-सेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा कतारको अल फरदान एक्सचेन्जबाट पनि सुरु भएको छ।

सम्झौता पत्रमा ई- सेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र अल फरदान एक्सचेन्जको तर्फबाट महाप्रबन्धक बशर मोहम्मद अल वक्फीले हस्ताक्षर गरेका हुन् ।

अल फरदान एक्सचेन्जबाट पठाएको रेमिट्यान्स ई-सेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ई- सेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरू साथै ई- सेवा वालेटबाट सहजै प्राप्त गर्न सकिने कम्पनीले बताएको छ। 

ई-सेवा मनि ट्रान्सफर, देशभरका २ करोडभन्दा बढी जनसंख्या र १२ लाखभन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रूपको भगिनी कम्पनी हो ।