काठमाण्डौ ।  भुक्तानी सेवा प्रदायक ई-सेवाको मेगा लिंक मेनिया अफरअन्तर्गत प्रनिश अधिकारीले १ लाख रुपैयाँको सपिङ भौचर जितेका छन् । 

बैंक वा सहकारी खाता ई- सेवामा लिंक गरी कारोबार गरेका उनी फेसबुक पेजमा भएको लाइभमार्फत भाग्यशाली विजेता घोषित भएका हुन् ।

विजेता अधिकारीले  ई- सेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जितेका हुन् । ई-सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले मंगलबार नै विजेता अधिकारीलाई उक्त सपिङ भौचर हस्तान्तरण गरेका छन्।

सो अवसरमा उनले आगामी दिनमा पनि यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए । 

 ई-सेवाले गत भदौ २० गतेदेखि कात्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो ।

अफरमा ई-सेवा एकाउन्टमा लिंक गरिएको बैंक वा सहकारी खातामार्फत भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए ।

हाल ई-सेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइलमार्फत् करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् ।