काठमाण्डौ । डिजिटल वालेट कम्पनी ई- सेवाका सेवाहरू अवरूद्ध भएका छन् ।

प्राविधिक समस्या आउँदा ई-सेवाका सेवाहरू अवरूद्ध भएको कम्पनीले बताएको छ ।

समस्याको समाधान गर्न प्राविधिक टोलीले काम गरिरहेको पनि कम्पनीले बताएको छ ।

सेवा अवरुद्ध भएपछि कम्पनीले ग्राहकवर्ग,  ईसेवा एजेन्ट तथा सम्पूर्ण मर्चेन्टहरूमा पर्न जाने असुविधाका कम्पनीले क्षमा समेत मागेको छ । 

कम्पनीले जारी गरिएको सेवाको सूचनामा भनिएको छ, ‘केहि प्राविधिक समस्याका कारण इसेवाको सेवाहरू अवरुद्ध हुन पुगेकोमा यसबाट यहाँहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी  छौं। हाम्रो प्राविधिक टोली यस समस्याको शीघ्र समाधान खोजी सम्पूर्ण सेवालाई संचालनमा ल्याउनको लागि कार्यरत छन्। यसबाट हाम्रा आदरणीय ग्राहकवर्ग, ई-सेवा एजेन्ट तथा सम्पूर्ण मर्चेन्टहरूमा पर्न जाने असुविधाका लागिक्षमाप्रार्थी छौँ।’