काठमाण्डौ। भुक्तानी सेवा प्रदायक कम्पनी ई- सेवा ‘शिक्षामा छात्रवृत्ति १ लाख पुरस्कार’ योजना ल्याएको छ।

उक्त अभियानका माध्यमबाट एक जना भाग्यशाली विद्यार्थीले १ लाख रुपैयाँ छात्रवृत्ति पाउने छन्।

कम्पनीले शैक्षिक शुल्क भुक्तानीका लागि ई-सेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यो अवसर पाउने बताएको छ। डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो अभियान विद्यार्थी र अभिभावक दुवैलाई डिजिटल वित्तीय प्रविधिको एउटा नयाँ यात्रामा लान प्रेरित गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले बताएको छ।

यसैगरी, कम्पनीले सहज, सरल र सुरक्षित वित्तीय कारोबारको प्रत्याभूति दिँदै विद्यार्थीलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तर अभिबृद्धि गर्न प्रतिबद्ध रहेको पनि बताएको छ 


यसरी गर्नुहोस् फर्मबेस्ड पेमेन्ट :
– सबैभन्दा पहिला प्ले स्टोररएप स्टोरबाट इसेवा एप डाउनलोड गर्नुहोस्
– त्यसपछि एपरवेबका माध्यमबाट आफ्नो इसेवा खाता लगइन गर्नुहोस्
–अब
“Education” ट्याबमा जानुहोस्
– आफ्नो संस्थाको नाम खोज्नुहोस्
– आवश्यक विवरण भर्नुहोस्
Proceed बटन क्लिक गर्नुहोस् 
जेनरिक टोकन पेमेन्टका लागि :
– प्ले स्टोर/एप स्टोरबाट ई- सेवा एप डाउनलोड गर्नुहोस् 
– एप/वेबका माध्यमबाट आफ्नो ई- सेवा खाता लग इन गर्नुहोस्
Education ट्याबमा जानुहोस् र आफ्नो संस्थाको नाम खोज्नुहोस्
–आफ्नो
Student ID टाइप गर्नुहोस्
–त्यसपछि
 Proceed बटन क्लिक गर्नुहोस् 


यस्ता छन् ई- सेवा स्कलरसिप इनिसिएटिभका सर्त :
– यो छात्रवृत्ति त्यस्ता प्रयोगकर्ता र एजेन्टहरुका लागि मात्र हुनेछ, जो केवाईसी प्रमाणीकृत छन्।
– यो अफर मंसिर १९ देखि माघ २९ अर्थात् डिसेम्बर ५ देखि फेब्रुअरी १२ सम्म मात्र लागू हुनेछ।
–फर्मबेस्डका माध्यमबाट इसेवा प्रयोग गरी आफ्नो शैक्षिक शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो छात्रवृत्तिका लागि योग्य हुनेछन्।
– छात्रवृत्ति रकमको भाग्यशाली विजेता मात्र एक जना हुनेछन्।
– क्यूआर कोडबाट भुक्तानी गर्ने ग्राहकलाई यो योजनामा सहभागी गरिने छैन। 
–छात्रवृत्ति रकम क्याम्पेन सकिएको १ हप्ताभित्र मेन ब्यालेन्सका रुपमा विजेताको ई सेवा आईडीमा पठाइनेछ। 
– यो अफरमा सहभागितासँगै सम्बन्धित व्यक्तिले प्रवर्द्धन कार्यक्रम, विज्ञापन, बजारीकरण र प्रशासनिक कुराका लागि ई सेवालाई मञ्जुरी तथा अनुमति दिएको ठहरिनेछ।
– जितिएको पुरस्कार रकम ट्रान्सफर गर्न सकिने छैन। 
– यो अफर नेपालको प्रचलित कानून अन्तर्गत रहेको एउटा सानो प्रबर्द्धन कार्यक्रम हो र कुनै चिट्ठा, बाजी वा जुवा खेलेजस्तो होइन।
– क्याम्पेन सकिएपछि विजेताको घोषणा गरिनेछ ।
–कारणवश शंकास्पद गतिविधि देखिएमा र आफ्नो नियन्त्रणबाहिर गएको अवस्थामा कार्यक्रमको पुनर्विचार गर्ने वा रद्द गर्ने अधिकार ई- सेवामा नीहित रहने छ। 
–फेसबुक लाइभका माध्यमबाट छात्रवृत्ति विजेताको छनोट गरिनेछ। 
–विद्यालयको खाता नम्बरमा क्यूआर कोड र सिधै बैंक ट्रान्सफरबाट हुने कारोबार यो योजनाका लागि योग्य हुने छैन। 
– विजेता घोषणाको १ हप्ताभित्र विजेताको ई- सेवा वालेटमा छात्रवृत्ति रकम डिपोजिट गरिनेछ।