काठमाण्डौ । कोरोना संक्रमितको संख्यामा बढोत्तरीसँगै निको हुने बिरामीको संख्या समेत बढिरहेको बेला जारी लकडाउनको स्वरुप परिवर्तनको विषयमा छलफल गर्न कोरोना नियन्त्रण तथा उच्चस्तरीय समितिको बैठक बस्दैछ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठकले अहिले ११ बजे बस्न लागेको हो ।
पोखरेलको सचिवालयका अनुसार आजको बैठकले जारी लकडाउनको स्वरुप परिवर्तनको विषयमा छलफल गर्नेछ । आजको छलफलबाट आएको निश्कर्षसहित लकडाउनलाई केही खुकुलो पार्ने गरी समितिले मन्त्रीपरिषदलाई सिफारिस गर्नसक्ने संभावना छ ।
समितिको सिफारिसअनुसार आज वा भोलि बस्ने मन्त्रीपरिषद बैठकले बैशाख १५ गतेपछिको लकडाउनको विषयमा आवश्यक निर्णय लिने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको मन्त्रीपरिषद बैठकमा उच्चस्तरीय समितिको पछिल्लो निस्क्रियताप्रति असन्तोष व्यक्त गर्दै लकडाउनको मोडालिटीको विषयमा छलफल गरी चाँडो निश्कर्ष निकाल्न निर्देशन दिएका थिए ।
स्वास्थ्य विज्ञ, विभिन्न संसदीय समिति र सरकारकै मन्त्रीहरु समेत जारी लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्ने पक्षमा छन् ।
जोखिमका आधारमा विभिन्न क्षेत्रहरुको मार्किङ गरी सोहीअनुसारको लकडाउनको मोडालिटी तयार गर्नुपर्ने उनीहरुको सुझाव छ । बढी जोखिम देखिएको क्षेत्रको लकडाउन अझै कडा गर्ने र कम जोखिम भएका क्षेत्रहरुमा क्रमशः खुकुलो पार्दै लैजानुपर्नेमा सबै सहमत छन् ।
कतिपय मन्त्रीहरुले चाहि हालकै मोडालिटीमा लकडाउन अब एक हप्ता थप्नुपर्ने र त्यसपछि मात्रै जोखिमका आधारमा मार्किङ गरी लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्ने पक्षमा छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago