काठमाण्डौ । चालु आर्थिक वर्षको सुरुआती महिना नेपाली पुँजीबजारका लागि ऐतिहासिक रह्यो। यही आवको भदौ ३ गते नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दु चुम्यो। यो दिन नेप्से ३१९८.६० को विन्दुमा पुगेर बन्द भएको थियो।
नेप्से उच्च विन्दु चुम्दा उक्त दिन २१ अर्ब ३१ करोड रुपैयाँ बढीको कारोबार भएको थियो। झन्डै ११०० को विन्दुमा ३१९८.६० पुगेको बजारमा पछिल्लो समय निरन्तरको गिरावटसँगै ५० प्रतिशत बढीको करेक्सन आइसकेको छ। कारोबार रकम पनि पछिल्ला केही दिनदेखि डेढ अर्ब रुपैयाँभन्दा माथिको हुन सकेको छैन।
चालु आर्थिक वर्षमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सेयर धितो कर्जामा ४–१२ को क्याप, सीसीडी रेसियोलाई सीडी रेसियोमा रुपान्तरण, जोखिम भार अनुपातमा वृद्धिलगायतका विभिन्न व्यवस्थाले सेयर बजार नराम्ररी प्रभावित बन्न पुगेको छ। पछिल्लो समय राष्ट्र बैंकका गर्भनर र अर्थमन्त्रीबीचको मनमुटावले पनि सेयर बजार प्रभावित बन्न पुगेको जानकारहरुले बताउँदै आएका छन्।
सेयर बजार विस्तार र विकास नियामक निकायले राष्ट्र बैंक र अर्थ मन्त्रालयमा समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लाग्दै आएको छ।
यसरी बजारमा भारी गिरावट आउँदा धितोपत्र दोस्रो बजारमा कारोबार हुने सबै सेक्टरका कम्पनीहरु सेयरभाउ यतिबेला ११०० विन्दुको अवस्थामा भन्दा तल आइसकेको छ।
नेप्सेमा हाल विभिन्न कम्पनीलाई १३ वटा सेक्टरमा राखेर कारोबार हुँदै आएको छ। तिनै सेक्टरमध्ये वाणिज्य बैंक समूहले धितोपत्र दोस्रो बजारमा सबैभन्दा धेरै हिस्सा ओगटेको छ। तर, यही सेक्टरमा सूचीकृत २६ वटा वाणिज्य बैंकमध्ये २४ वटाको सेयरभाउ अहिले न्यून विन्दुमा रहेको छ।
पछिल्लो साढे ९ महिनाको अवधिमा प्रायः सबै वाणिज्य बैंकको सेयरभाउ ओरालो लागेको छ। यो अवधिमा वाणिज्य बैंकहरुको सेयरभाउ ४० प्रतिशतभन्दा बढीले ओरालो लागेको देखिएको छ।
पछिल्लो तथ्यांकअनुसार बजार घट्दा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ग्लोबल आइएमईको सेयरभाउ ओरालो लागेको देखिन्छ। गत भदौ ३ गते यो बैंकको सेयरभाउ प्रतिकित्ता ४४१ रुपैयाँ रहेको थियो। आज यो बैंकको सेयरभाउ प्रतिकित्ता २८८ रुपैयाँ रहेको छ। यो हिसाबले यो बैंकको सेयरभाउमा ४३.४६ प्रतिशतको गिरावट आएको छ।
यसैगरी यही अवधिमा कुमारी बैंकको सेयरभाउ ४०.६३ प्रतिशतले ओरालो लागेको छ। गत भदौ ३ गते प्रतिकित्ता ३५२ रुपैयाँ रहेकोमा यो बैंकको सेयरमूल्य आज २०९ रुपैयाँ रहेको छ।
लक्ष्मी बैंक र प्रभु बैंकको सेयरभाउ पनि यो अवधिमा ४० प्रतिशतले घटिसकेको छ। लक्ष्मी बैंकको सेयरमूल्य ३६८ रुपैयाँबाट घटेर २२१ रुपैयाँमा झरेको छ भने प्रभु बैंकको ४१३ रुपैयाँबाट घटेर २४८ रुपैयाँमा सीमित बनेको छ।
नेपाल बैंकको सेयरभाउ पनि यो अवधिमा ४९० रुपैयाँ घटेर २९८ रुपैयाँमा झरेको छ। यो भनेको ३९.१८ प्रतिशतको गिरावट हो।
त्यस्तै प्राइम कमर्सियल बैंकको सेयरमूल्य पनि यो साढे ९ महिनाको अवधिमा ४४४ रुपैयाँबाट घटेर २७४ रुपैयाँमा सीमित बनेको छ। यो बैंकको सेयरभाउ ३८.२९ प्रतिशतले घटेको छ।
मर्जर प्रयोजनका हिमालयन र इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार रोक्का रहेको छ। दुई दिनअघिबाट मात्रै इन्भेस्टमेन्ट बैंकको आधारभूत सेयरधनीका बाहेक अन्यको सेयर भने कारोबारमा आएको छ।
उता नबिल बैंकमा विलय हुन लागेको नेपाल बंगलादेशको बैंकको सेयर कारोबार पनि रोक्का रहेको छ। त्यसैले यो समाचारमा हिमालयन बैंक र बंगलादेश बैंकको सेयरमूल्यको तथ्यांक समावेश गरिएको छैन।
विगत साढे ९ महिनामा कुन वाणिज्य बैंकको सेयरभाउ कति घट्यो ? टेबलमा हेर्नुहोस् -
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago