काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखालजे आज देशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार देशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज गण्डकी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतः सफा रहनेछ।सोमबार र मंगलबार प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र तराईमा हुस्सु लाग्दा दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभाव हुने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार आज काठमाण्डौमा यो वर्षकै कम तापमान मापन गरिएको छ। काठमाण्डौमा आज ४.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19