काठमाण्डौ । बजार बढ्दा बिहीबार उच्च कारोबार गर्ने टप १० ब्रोकरमध्ये ६ वटाले सेयर बिक्रीभन्दा खरिद बढी गरेका छन् भने ४ वटाले बढी बिक्री गरेका छन्।
आजको टप कारोबारमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) को विक्री बढी देखिन्छ। नासाले १४ करोड २४ लाख रुपैयाँबराबरको सेयर विक्री गरेको देखिएको छ भने ११ कारोड ६६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको देखिएको छ।
कारोबारका हिसाबले आज दोस्रो नम्बरमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) रहेको छ। यो ब्रोकरले सेयर खरिद बढी गरेको छ। यो ब्रोकरले ११ करोड ८४ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ९ करोड ४४ लाख रुपैयाँबराबरको बिक्री रहेको छ।
तेस्रोमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) रहेको छ। यो सेयर खरिदभन्दा बिक्री बढी गरेको छ। यो ब्रोकरले ९ करोड ७७ लाख रुपैयाँबराबर सेयर बिक्री गरेको छ भने ९ करोड १५ लाख रुपैयाँको सेयर खरिद गरेको छ।
त्यसैगरी चौथो स्थानमा रहेको भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)को पनि बिक्री बढी देखिएको छ। यो ब्रोकरले ८ करोड ८७ लाख रुपैयाँबराबरको सेयर बिक्री गर्दा ८ करोड ३९ लाख रुपैयाँबराबरको खरिद गरेको छ।
पाँचौँ स्थानमा दक्षीण काली सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३) रहेको छ। यो ब्रोकरले ८ करोड २४ लाख रुपैयाँको सेयर खरिद गरेर ७ करोड ८३ लाख रुपैयाँको बिक्री गरेको छ।
कारोबारका हिसाबले सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) छैटौँ स्थानमा छ। यो ब्रोकरले १० करोड २२ लाख रुपैयाँबराबरको सेयर खरिद तथा ५ करोड ७८ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
सातौँ स्थानमा रहेको डाइनामिक सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४)ले बिक्रीभन्दा सेयर खरिद बढी गरेको देखिन्छ। यो ब्रोकरले ९ करोड ८७ लाख रुपैयाँको सेयर खरिद गरेर ६ करोड ४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
त्यसैगरी कोहिनूर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) आठौँ स्थानमा छन्। यो ब्रोकरको बिक्रीतर्फ ११ करोड २७ लाख रुपैयाँ तथा खरिदतर्फ ४ करोड ५५ लाख रुपैयाँ रहेको छ।
नवौँमा आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७ ) ले ८ करोड ३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ६ करोड ८८ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
कारोबारका हिसाबले दसौँ स्थानमा दीपशिखा सेक्युरिटिज (स्टक ब्रोकर नं. ३८) रहेको छ। यो ब्रोकरले ६ करोड ६० लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ६ करोड ४४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19