काठमाण्डौ । साताको अन्तिम काराबारको दिन बिहीबार दिनभर नकारात्मक रहेको बजार अन्तिम समयमा ५.४४ अंकले घटेर बन्द भएको छ। 

ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताले तरलता सहज हुँदै गएको र ब्याजदर पनि केही घटे पनि अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दीको हल्ला र राजनीति अन्यौलताका कारण लगानीकर्ता डराउँदा नेपालको सेयर बजारमा करेक्सन आएको बताएका छन्। तर, अब केही दिनमा सरकारले पूर्णता पाएपछि अन्योल हट्दै जाने हुँदा अब बजारमा लगानी बढाउँदै जानुपर्ने उनीहरुको तर्क छ। 

आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरमा ५ वटाको सेयर खरिद र ५ वटाको सेयर बिक्री बढी गरेको देखिन्छ। 

आज उच्च कारोबार गर्ने ब्रोकरको सूचीमा शीर्ष स्थानमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) रहेको छ। नासाले सेयर बिक्रीभन्दा खरिद बढी गरेको देखिन्छ। नासाले १० करोड २७ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ७ कारोड ३ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

कारोबारका हिसाबले दोस्रो स्थानमा श्रीकृण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) रहेको छ। यो ब्रोकरले सेयर खरिद बढी गरेको देखिन्छ। यो ब्रोकरले ७ करोड ६५ लाख रुपैयाँको सेयर खरिद गरेर ४ करोड ८५ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

उच्च कारोबार गर्नेमा इम्पेरियल इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) तेस्रो स्थानमा छ। यो ब्रोकरले सेयर खरिद बढी गरेको छ। यो ब्रोकरले ५ करोड ४ लाख रुपैयाँबराबर सेयर खरिद गरेर ४ करोड ६९ लाख रुपैयाँको सेयर बिक्री गरेको छ। 

चौथो स्थानमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) रहेको छ। यो ब्रोकरले ४ करोड ९६ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दा ४ करोड ४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७) पाँचौँ स्थानमा रहेको छ।  यो ब्रोकरले ६ करोड ४७ लाख रुपैयाँको सेयर बिक्री गरेर २ करोड ४७ लाख रुपैयाँको खरिद गरेको छ। 

कारोबारका हिसाबले डाइनामिक मनी म्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) छैटौँ स्थानमा छ। यो ब्रोकरले ५ करोड १४ लाख रुपैयाँबराबरको सेयर बिक्री तथा ३ करोड ७४ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले बिक्री बढी गरेको छ । 

सातौँ स्थानमा रहेको भिजन सेक्युरिटिज(स्टक ब्रोकर नं. ३४)ले बिक्री बढी गरेको देखिन्छ। यो ब्रोकरले ४ करोड ६८ लाख रुपैयाँको सेयर खरिद गरेर ३ करोड ३३० लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

त्यसैगरी स्टक ब्रोकर ओपल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४) आठौँ स्थानमा छ। यो ब्रोकरको बिक्रीतर्फ ४ करोड १२ लाख रुपैयाँ र खरिदतर्फ ३ करोड १८लाख रुपैयाँ रहेको छ। 

नवौँमा आर्यतारा इन्भेस्टमेन्ट  एण्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७) ले ३  करोड ४६ लाखबराबरको सेयर बिक्री गरेर ३ करोड ६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यसले बिक्री बढी गरेको छ। 

कारोबारका हिसाबले दसौँ स्थानमा दिपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८) रहेको छ। यो ब्रोकरले ३ करोड ५५ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड ७१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।