काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ। 

ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताले १–२ दिनदेखि बजार सामान्य अंकले घटबढ भइरहनुको मुख्य कारण नकारात्मक  खबर सकिएका र अब सकारात्मक खबर आउने तर्क गर्दै थिए। सरकारका तर्फबाट लगानीकर्ताको मनोबल बढाउने सकारात्मक समाचार आउने पर्खाइमा लगानीकर्ता बसेको देखियो। 

आज उच्च कारोबार गर्ने १० ब्रोकरमध्ये नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) शीर्ष स्थानमा रहेको छ। नासाले सेयर बिक्रीभन्दा खरिद बढी गरेको देखिन्छ। नासाले ७ करोड १३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ६ कारोड २५ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। 

कारोबारका हिसाबले दोस्रो स्थानमा इम्पेरियल सेक्युरिटिज(स्टक ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरले सेयर बिक्रीभन्दा खरिद बढी गरेको छ। यो ब्रोकरले ५ करोड १९ लाख रुपैयाबराबरको सेयर खरिद गर्दै ३ करोड ८१ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

तेस्रो स्थानमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) रहेको छ। भिजनको भने सेयर खरिदभन्दा बिक्री बढी गरेको छ। यो ब्रोकरले ३ करोड ९७ लाख रुपैयाँबराबर सेयर बिक्री गरेको छ भने ३ करोड ४१ लाख रुपैयाँको सेयर खरिद गरेको छ। 

डाइनामिक मनीम्यानेजर सेक्युरिटिज(स्टक ब्रोकर नं. ४४) कारोबारको हिसाबले चौथो स्थानमा रहेको छ। यो ब्रोकर पनि सेयर खरिदभन्दा बिक्री बढी गरेको छ। यो ब्रोकरले ३ करोड रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड ७७ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

उच्च कारोबार गर्नेमा एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७) पाँचौँ स्थानमा छ। यो ब्रोकरले ३ करोड रुपैयाँबराबरको सेयर खरिद गरेर २ करोड ५३ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। 

छैटौँ स्थानमा रहेको अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९)ले ३ करोड ५ लाख रुपैयाँको खरिद गरेको छ भने २ करोड २१ लाख रुपैयाँको बिक्री गरेको छ। अनलाइनको सेयर बिक्रीभन्दा खरिद बढी देखिएको छ।

कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) सातौँ स्थानमा छ। कोहिनुरले २ करोड ७० लाख रुपैयाँबराबरको सेयर खरिद गरेर १ करोड ७९ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यसले सेयर बिक्रीभन्दा खरिद बढी गरेको छ। 

आठौँ स्थानमा रहेको आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७)ले २ करोड ४२ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर १ करोड ९४ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। 

सनी सेक्युरिटिज (स्टक ब्रोकर नं ४२) र प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२) उच्च कारोबार गर्ने ब्रोकरको सूचीमा क्रमशः नवौँ र दसौँ स्थानमा छन्। सनी सेक्युरिटिजले २ करोड २१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर १ करोड ९१ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ भने प्रिमियर सेक्युरिटिजले २ करोड ५ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर १ करोड ६२ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।