काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले उच्च प्रतिस्पर्धा र प्रविधिको प्रयोगबाटै सेयर बजारमा सकारात्मक परिवर्तन हुने विश्वास व्यक्त गरेका छन्।
सेयरप्रो सेक्युरिटिज (स्टक ब्रोकर नंं. ६५)को आज औपचारिक रुपमा उद्घाटन गर्दै अध्यक्ष हमालले यस्तो विश्वास व्यक्त गरेका हुन्। ‘उच्चतम प्रतिस्पर्धा र नयाँ–नयाँ प्रविधिको प्रयोगबाट नै सेयर बजारमा सकारात्मक परिवर्तन हुँदै जान्छ’, उनले भने, ‘त्यसैले ग्राहकको सन्तुष्टिमा नै ब्रोकर कम्पनीहरुको प्रगति भर पर्छ।’
अध्यक्ष हमालले सेयरप्रो सेक्युरिटिजले औपचारिक रुपमा सेवा सुरु गरेकोमा बधाइ पनि दिए।
धितोपत्र बोर्डबाट गत जेठ ९ गते ब्रोकर लाइसेन्स पाएको सेयरप्रो सेक्यरिटिजले सेयर दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ।
औपचारिक उद्घाटनको उपलक्ष्यमा कम्पनीले साताव्यापी कार्यक्रम ‘शुभारम्भ सप्ताह’ समेत सार्वजनिक गरेको छ। यो कार्यक्रम आज भदौ ८ गतेदेखि भदौ १५ गतेसम्म (शनिबार तथा सार्वजनिक बिदाको दिन समेत) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कम्पनीको कार्यालय ढल्कुमा हुनेछ।
कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जोकोही व्यक्तिले उक्त कार्यक्रममा सहभागी भएर अनलाइन कारोबार तथा निक्षेप सेवाका सम्बन्धमा आवश्यक जानकारी लिई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19