काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको विस्तारित काउण्टर ललितपुरको हरिहर भवनस्थित उच्च अदालत परिसरमा औपचारिक उद्घाटन भएको छ ।

विस्तारित काउण्टरको उच्च अदालतका मुख्य न्यायाधीश माननीय नहकुल सुवेदीले बिहीबार एक समारोहका बीच उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा प्रमुख अतिथि सुवेदीले उच्च अदालत परिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सहयोग पुग्ने तथा शुल्क भुक्तानी प्रक्रियामा थप आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गरे। यो विस्तारित काउण्टर संचालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले बताए।

उद्घाटन समारोहमा उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहाललगायतले मन्तव्य राखेका थिए ।

बैंकले मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८३ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।