काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ। यसै क्रममा बैंकले उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्तामा १०९ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ।
लालपत्तामा उक्त सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी रोमाकुमारी थापालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ। यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ। यो सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १६७ वटा शाखा, ११३ वटा एटीएम र १०९ वटा शाखारहित बैंकिङ इकाइबाट करिव साढे ९ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19