काठमाण्डौ । उदयपुरको भूल्केमा केही दिनअघि फेला परेका १३ कोरोना संक्रमितको सम्पर्कमा गएकाहरुमध्ये थप ८ जनामा समेत संक्रमण भएको हुनसक्ने संभावना बढेको छ ।
ती १३ संक्रमितको सम्पर्कमा आएका ६९ जनाको सोमबार कोशी अञ्चल अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।
शंकास्पद कोरोना संक्रमित सबै जेष्ठ नागरिक हुन् र सबै पुरुष हुन् ।
कोशी अञ्चलको रिपोर्टलाई चिकित्सकहरुले शंकास्पद भनी थप सुनिश्चितताका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्नुपर्ने भन्दै शंकास्पद आठैजनालाई धरान झिकाएका छन् ।
कोशी अञ्चल अस्पतालस्थित स्रोतका अनुसार त्यहाँ पीसीआर विधिबाट परीक्षण गर्दा भूल्केस्थित मस्जिद आसपासका ८ जनामा कोरोना संक्रमण देखिएको छ । तर, यसको पुनपुष्टि गर्न सम्बन्धित व्यक्तिहरुलाई नै धरान ल्याउन भनिएको छ ।
शंकास्पद रिपोर्ट देखिएका ८ जनालाई नै उदयपुरबाट दुईवटा एम्बूलेन्समा राखेर धरान लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago