काठमाण्डौ । उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार केन्द्रीय प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा उदयपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएका ती पुरुष ३३ वर्षका रहेका उनले जानकारी दिए । ती संक्रमितको विस्तृत विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनि गरेको छैन ।
यसअघि कोशी अञ्चल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ८ जनाको रिपोर्ट पोजिटिभ आएपछि थप पुष्टिका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर नमूना परीक्षणको काम भइरहेको छ ।
त्यसअघि उदयपुरको भूल्केमा १३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । थप एकजनामा पुष्टि भएसँगै उदयपुरमा मात्रै १४ संक्रमित फेला परेका छन् । हालसम्म कुल संक्रमितको संख्या ३२ पुगेको छ, जसमध्ये ४ जना ठीक भएर घर फर्किसकेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago