काठमाण्डौ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्तिको निर्णय गरेको हो ।
निगमका तत्काली कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड भ्रष्टाचारको मुद्धा दायर गरेकै दिन निगममा नयाँ कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी निर्णयको अनौठो संयोग जुरेको छ ।
आयल निगमको कार्यकारी निर्देशक हुनुअघि पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक थिए । निगम प्रमुख हुने भएपछि सोमबार मात्रै उनले त्यहाँ राजीनामा दिएका थिए ।
उदयपुर सिमेन्ट कारखानालाई सुधार गरी चर्चा बटुल्न सफल पौडेलको कार्ययोजनाको आधारमा निगमको नेतृत्व दिइएको प्रधानमन्त्री कार्यालयले स्रोतले जनाएको छ । पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन्।
पौडेलसँग निगमको कार्यकारी निर्देशकका लागि तारानाथ पौडेल र अनिलकुमार झाको नाम समेत उद्योग मन्त्रालयले क्याबिनेटलाई सिफारिस गरेको थियो ।
त्यसअघि छनौट तथा सिफारिस समितिले निगमको कार्यकारी निर्देशकका लागि आवेदन दिएकामध्ये मध्येबाट तीन जनाको नाम छनौंट गरेर उद्योगमन्त्री मातृका यादबलाई पेश गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19