काठमाण्डौ । प्रदेश १ को उदयपुर जिल्ला नेपालको कोरोना इपीसेन्टर बनेको छ ।
यहाँ केही दिनको अन्तरालमै २४ जना कोरोना संक्रमित फेला परेका हुन् ।
मंगलबार यो क्षेत्रमा ११ जना नयाँ संक्रमित फेला परेका छन् ।
केही दिनअघि उदयपुरको त्रियुगा नगरपालिकाको भूल्केको मस्जिदमा लुक्दै आएकामध्ये ११ जना भारतीय र एकजना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट सोही मस्जिदका अर्का भारतीयमा समेत संक्रमण पुष्टि भएको थियो । यसरी सो बेला संक्रमण पुष्टि १३ जनाको कन्ट्याक्ट ट्रेसिङ र मस्जिद रहेको आसपासको क्षेत्रमा सरकारले परीक्षणलाई तीव्र बनाएको थियो ।
उनीहरुको संसर्गमा आएका २६० जनाको काठमाण्डौस्थित केन्द्रीय प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनाको नतिजा पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालय सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनाएका छन् ।
अन्य थप ६९ जनाको नमूना परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा हिजै नमूना पठाइएको र सोमध्ये ८ जनाको रिपोर्ट शंकास्पद देखिएपछि पुनर्पुष्टिका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । त्यहाँ परीक्षण गर्दा ती ८ जनामै कोरोना संक्रमण पुष्टि भएसँगै कुल ११ जना नयाँ संक्रमित थपिएका हुन् ।
केन्द्रीय प्रयोगशालामा शंकास्पद देखिएका अन्य २० जनाको रिपोर्ट पनि पुनः परीक्षण भइरहेको बताइएको छ । ती २० जनामध्येबाट पनि संक्रमित पुष्टि हुने संख्या प्रवल देखिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
योसँगै अब नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ पुगेको छ । यी ४२ मध्ये हालसम्म ५ जना निको भएर घर फर्किसकेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19