काठमाण्डौ । महाप्रबन्धकका रुपमा गोपीकृष्ण न्यौपाने प्रवेश गरेसँगै उदयपुर सिमेन्ट उद्योग लिमिटेडको उत्पादन तथा व्यापारले फड्को मारेको छ।

न्यौपाने गत वर्ष माघ १ गते उदयपुर सिमेन्टमा महाप्रबन्धकका रुपमा नियुक्त भएका थिए। गत वैशाख १० गते उनले महाप्रबन्धकको कार्यभार सम्हालेको १०० दिन पुगेको छ। 

उद्योग प्रवेशको १०० दिन पूरा भएकोमा उद्योगको सञ्चालक समिति, उद्योगका कर्मचारी, ट्रेड युनियन, आपूर्तिकर्ता, अधिकृत बिक्रेता, स्थानीय प्रशासन, स्थानीय निकायलगायत आम नसमुदायको सहयोग तथा सद्भावको कारण उद्योगमा रहेका विभिन्न समस्याहरुको समाधान गर्दै महाप्रबन्धक न्यौपानेले आगामी दिनमा गरिने कार्यहरुको लक्ष्य निर्धारण गरी अघि बढिने जानकारी गराएका छन्। निर्धारित कार्यक्रम सफल बनाउन उनले सबैबाट सहयोगको अपेक्षा गरेका छन्। 

न्यौपाने उद्योगमा प्रवेशसँगै निम्नानुसार कार्यहरु भएका छन् – 

उदयपुर सिमेन्ट उद्योगको उद्योगस्थलबाट २७ किकिलोमिटरमा रहेको खानीमा करिब ७ करोड ३० लाख मेट्रिकटन सिमेन्ट उत्पादन हालको क्षमताअनुसार ३०० वर्षलाई पूग्ने मुख्य कच्चा पदार्थ चुनढुंगा रहेको छ। सो चुनढुंगाको गुणस्तर क्याल्सियम अक्साइड ५० प्रतिशतभन्दा बढी रहेकोले अहिलेसम्म उत्खनन गरेका चुनढुंगामध्ये उच्च गुणस्तरको रहेको।

  • आजभन्दा करिब २८ वर्षअघि जापान सरकारको सहयोगमा जडान भई प्रोग्राम लजिकल सिस्टम (पीएलसी सिस्टम) बाट उत्पादन सुरु गरेको र मापदण्ड मापनका लागि एक्स–रे एनलाइजर कम्प्रेसिभ टेस्ट मेसिनजस्ता मेसिन उपकरण जडान गरिएको भए पनि यीमध्ये अधिकांश मेसिन उपकरण मर्मत हुन नसक्ने अवस्थामा पुगेका, कतिपय जीर्ण अवस्थामा रहेका र कतिपय फेज आउट भइसकेको अवस्थामा रहेकोले जडित क्षमताको ५० प्रतिशतभन्दा कममात्र उत्पादन भइरहेको अवस्था छ।
  • यो उद्योग स्थापना भएपछि शुरुमा ६०० भन्दा बढीले रोजगारी प्राप्त गरेका थिए भने अहिले पनि ३५० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको अवस्था छ। अप्रत्यक्ष रुपमा ढुवानी सेवा, सुरक्षा सेवालगायत ठूलो जनसंख्यालाई सकारात्मक प्रभाव परेको छ र स्थानीयस्तरका लागि आर्थिक उपार्जनको स्रोत बनेको छ। वार्षिक रुपमा करिब ५ करोड अग्रिम कर, करिब ३ करोड अन्तःशुल्क, मूल्य अभिवृद्धि करलगायत स्थानीय प्रदूषण शुल्क खानी उत्खनन् शुल्कलगायतको राजश्व जोड्दा वर्षेनी करिब अर्बको हाराहारीमा राजश्व योगदान पुर्याइरहेको अवस्था छ। सामान्य रुपमा वित्तीय विवरण विश्लेषण गर्दा अहिलेसम्म ५ अर्ब ५० करोडको नोक्सानी देखिए पनि राजश्वको प्रमुख स्रोतका रुपमा स्थापित उद्योग भएकोले विभिन्न कोणवाट सकारात्मक प्रभाव परेको बिद्यमान अवस्था छ।
  • वातावरणअनुकूल उत्पादन गर्न Electrostatic Presipitater(EP),Bag Filter,Gravel Filter जस्ता मेसिन जडान गरी वातावरण मैत्री उत्पादनमा जोड दिएको अवस्था छ। स्थानीय तहमा सिमेन्ट सहयोग गरी बिकास निर्माणमा सहभागिता जनाउने गरिएको छ। यस उद्योगकै व्यबस्थापनमा कक्षा १२ सम्म माध्यामिक तहको बिद्यालय सञ्चालन गरी सामाजिक योगदान गरिरहेको अवस्था छ।
  • २९ वर्ष पुरानो कारखानामा जडित मिल मेसिनहरुमध्ये अधिकांश मिल मेसिनरीहरु जीर्ण अवस्थामा रहेको करण पटक–पटक बिग्रिरहने कारण उद्योग ब्रेकडाउन भइरहने समस्याले ग्रसित छ। जसका कारण एकातिर मर्मतसम्भार खर्च अति नै बढेको छ भने उत्पादनलाई निरन्तरता दिन नसक्दा “गैँडा छाप” सिमेन्टको ब्रान्ड इमेजमै प्रतिकूल अवस्था सिर्जना हुँदै गइरहेको  छ। उत्पादन क्षमताबमोजिम उत्पादन हुन नसक्दा उद्योगले ठूलो आर्थिक क्षति बहन गरिरहनुपरेको।
  • हालको उल्लेखित अवस्थालाई सुधार गरी ८ सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्नका लागि कतिपय मेसिनहरु फेर्नुपर्ने, कतिपय मेसिनहरु मर्मतसम्भार गर्नुपर्ने र कतिपय मेसिनहरु सञ्चालनमा रहे पनि कुनै कारणले बन्द भएमा बनाउनै नसकिने पुराना मोडलका भएकाले ठूलो खर्च आउने देखिएको छ। उत्पादन कार्यको मुख्य किल्न सेलको ३ वटा भागमध्ये एक भाग काटेर फेरिसकिएको र करिब २० मिटर काट्न पर्ने अवस्थामा रहेकाले सो काटेर फेर्नेपर्ने अवस्था छ। अर्कोतिर बजार प्रतिस्पर्धाको दृष्टिकोणले हेर्दा सबै निजी कारखानाहरुले रिइन्फोस्र्ड सस्पेन्सन प्रिहिटिर (आरएसपी) जडान गरी उत्पादन गरिरहेको अवस्थामा हाम्रो पुराना सिस्टमको प्रविधिबाट प्रतिस्पर्धी हुनै नसक्ने स्थिति पैदा भएको छ। उद्योगले किल्न सञ्चालन गर्नका लागि १० मेगावाटको सोलार विद्युत् उत्पादन गरी गर्ने।
  • बिद्यमान परिस्थितिमा उद्योगलाई हालकै क्षमतामा उत्पादन गर्नाका लागि पनि करिब ३५ करोड लगानी गर्नुपर्ने स्थिति छ भने त्यसमा करिब २५ करोड थप लगानी गरी आरएसपी जडान गर्दा कारखानाको क्षमता प्रतिदिन ३ सय मेट्रिकटनको हिसाबले वृद्धि भई  ११ सय मेट्रिक टन पुग्न जाने संलग्न अध्ययनहरुले देखाएका छन्। यही आरएसपी प्रविधि छुट्टै  जडान गरी  नयाँ प्लाण्ट लगाउँदा अरबौको लगानी लाग्ने।

उद्योेगले नयाँ महाप्रबन्धकका रुपमा २०७७ साल माघ १ गतेदेखि नियुक्ति भएपछि गरिएका मुख्य–मुख्य कामहरु – 

  • र मिल, सिमेन्ट मिल, किल्न, कोलमिललगायतका मेसिन उपकरणमा देखिएका समस्याहरु समाधानका लागि उद्योगका दक्ष कर्मचारी तथा भारतबाट विशेषज्ञ बोलाई अहोरात्र खटी सञ्चालन गरी ब्रेकडाउन न्यून गर्न सफल भएकोे।
  • उद्योगमा कोइला, जिप्सम, आइरनओरलगायतका इन्धन तथा कच्चा पदार्थहरुको मौज्दात प्रायः शून्य भई इन्धन तथा कच्चा पदार्थको अभावमा कारखाना पूर्ण रुपमा बन्द रहेको अवस्थामा तत्कालै कोइला, जिप्समलगायतका इन्धन तथा कच्चा पदार्थहरुको व्यवस्थापन गरी माघ १० गतेदेखि नियमित रुपमा कारखाना सञ्चालन भइरहेको छ। हाल यार्डमा ५ हजार मे.टनभन्दा बढी कोइला तथा १५०० मे.टन जिप्सम १ हजार टन आइरन ओरको मौजाद रहेको छ।
  • उद्योगमा स्वीकृत ६१३ दरबन्दी भए पनि हाल कार्यरत ३३४ जना जनशक्ति कार्यरत रहेको छ। लामो समयदेखि पदपूर्ति नहुँदा विभिन्न पदका कर्मचारीहरु विभिन्न कारणबाट सेवा निवृत्त हुँदा अत्यावश्यक पदहरुमा कर्मचारीहरु कम भएका छन् भने कतिपय पदहरुमा आवश्यकताभन्दा बढी कर्मचारी रहेका छन्। यस्तो असन्तुलित जनशक्तिको अवस्थामा पनि कारखाना लक्ष्यअनुसार सञ्चालन गरिएको छ।
  • २०७७ पौषमसान्तसम्म उद्योगले ६ लाख ९८ हजार ५८६ बोरा सिमेन्ट बिक्री गरी रु. ५२ करोड आम्दानी गरेकोमा २०७७ माघ देखि हालसम्म ६ लाख ६० हजार १७३ बोरा सिमेन्ट बिक्री गरी रु. ४९ करोड आम्दानी भएको छ। साथै, वैशाख ६ गते उद्योगको विगत ४ वर्षको इतिहास तोड्दै १७ हजार ३६४ बोरा सिमेन्ट बिक्री गर्न सफल भएको छ। पौष मसान्तसम्म तत्काल तिर्नुपर्ने दायित्व रु। ६६ करोड रहेकामा उद्योबाट नै कमाई सरकारी राजश्व रु ७ करोड, कर्मचारी सेवा सुविधा भुक्तानी ८ करोड, वस्तु आपुर्ति सेबाको भुक्तानी ३० करोड, अवकाश कोषमा रु ४ करोड गरी रु ४९ करोड भुक्तानी गरी सकिएको छ।
  • विश्वव्यापी महामारीका रुपमा फैलिएको काभिड–१९ का कारण नेपाल विद्युत प्रधिकरणलाई भुक्तानी गर्न नसकिएको रु २२ करोड नेपाल विद्युत प्रधिकरणले मुलुकलाई लोडसेडिङमुक्त घोषणा २०७५ वैशाखदेखि गरेको, सोेपश्चात भुक्तानी गरेको डेडिकेटेड महशुलमा मिलान गर्न सहमति भएको र २०७७ चैत्र देखिको महशुल नियमित भुक्तानी गरिएको छ। विगतमा विद्युत आपूर्ति बारम्बार अवरोध हुने गरेकोमा नियुक्तिपश्चात सोमा सुधार गरी नेपाल विद्युत् प्राधिकरणबाट समेत सहयोग भएको। त्यसैगरी मुर्कुचीलगायतका स्थानहरुमा उद्योगको प्रशारण लाइनबाट विद्युत आपूर्ति भइरहेकोमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख स्थानीय निकायका जनप्रतिनिधिहरुको उपस्थितिमा उद्योगको प्रशारण लाइनबाट छुटाएको हुँदा यसबाट वार्षिक करिब ५० लाख बचत हुने भएको छ।
  • विगतमा अधिकांश खरिद सामान्य दरभाउपत्रबाट गरिने गरिएकोमा आकस्मिक अवस्थामा बाहेक सामान्य दरभाउपत्रबाट खरिद गर्ने प्रक्रियाको अन्त गरी शिलबन्दी बोलपत्र प्रक्रियाबाट खरिद कार्य सञ्चालन गर्ने गरिएको।
  • उद्योगका दक्ष कर्मचारी तथा भारतबाट विशेषज्ञ बोलाई किल्न शेलको मर्मत गरी उद्योग सञ्चालन गरिएको।
  • विगतमा ईपी (इलेकट्रोस्टटिक प्रोसिपिटेटर) बाट कच्चा पदार्थको धुलो उडिरहेकोमा सोको मर्मत गरी धुलो उडने प्रक्रियालाई न्यून गरी प्रदूषण नियन्त्रण गरिएको।
  • र मिलमा बारबवार समस्या आई रहेकोमा उद्योगको जनशक्तिबाट मर्मतसम्भार गराई सञ्चालन गरिएको।
  • कोल मिलको रोलर मर्मत गरी सञ्चालन गरिएको।
  • विगतमा सिमेन्ट मिलले आफ्नो क्षमताअनुसार उत्पादन नगरीरहेको कारण लाइनर, डाइफ्राम आदि परिवर्तन गरी जडित क्षमतामा संचालन गर्ने प्रयास गरिएको।
  •  कारखाना परिसर तथा आवास परिसरका झाडी बुट्यान तथा नाला सरसफाइ गरिएको, जग्गा अतिक्रमण रोक्न सूचना सम्प्रेषण गरिएको।
  • उद्योगको प्रशासन भवन, क्यानटिन भवनअगाडि सरसपmाइ तथा गार्डेनिङ गरिएको।
  • पत्रु संकलन गरी बोलपत्रका लागि मूल्यांकनका क्रममा रहेको।
  • क्लिंकरलगायत मौज्दातमा रहेको सामानको भोतिक जाँच तथा भिडान गर्ने कार्य भै रहेको।

भावी योजना 

अल्पकालीन योजना 

  • किल्न सेल्ल  १९.८ मिटर चेन्जका लागि प्राविधिक अनुसन्धान सम्पन्न भई बोलपत्रसमेत भएकोले ६ महिनाभित्र कार्य सम्पन्न गर्ने लक्ष्य लिई कार्य भइरहेको।
  • एक वर्षभित्र एसपी (सस्पेन्सन प्रिहिटर) सिस्टमबाट आरएसपी (रिइनफोर्स सस्पेन्सन प्रिहिटर)  सिस्टममा परिवर्तन गरी प्रतिदिन ३०० मे.टन क्षमता बढाई ८०० मे.टनबाट ११०० मे.टन. उत्पादन गर्नेे।
  • आगामी एक वर्षभित्र १ मेगावाटको सोलार प्लान्टबाट विद्युत उत्पादन गरी कम्तीमा किल्नमात्र सञ्चालन गर्न विद्युत्को वैकल्पिक स्रोत प्रयोग व्यवस्था मिलाइने।

यी सबै कार्य सम्पन्न भएपश्चात उद्योगबाट विनाअवरोध ११०० मे.टनमा प्रतिदिन उत्पादन हुन गई हालको मूल्यमा रु. १ अर्ब २० करोड थप बिक्री भई कुल सिमेन्ट बिक्री आम्दानी ४ अर्बभन्दा बढी हुन सक्ने देखिन्छ।

दीर्घकालीन योजना 

खानी क्षेत्रमा ७ करोड ३० लाख मे.टन सिमेन्ट उत्पादन गर्न सक्ने उच्चस्तरीय चुनढुंगा रहेकोमा हालसम्म १० प्रतिशतमात्र प्रयोग भएको। यो अपार चुनढुंगा खानीको छिटोभन्दा छिटो अर्थत लगभग ५० वर्षभित्र उपयोग गरी रोजगारी–स्वरोजगारी बढाउने, मूल्य अभिवृद्धि कर, अन्तशुल्क, आयकरलगायतका राजश्वको मूल स्रोतका रुपमा यो सिमेन्ट उद्योगलाई विकास गर्ने, अर्बौंको क्लिंकर आयात प्रतिस्थापन गर्ने, अन्य नेपालमा स्थापित उद्योगहरुलाई कच्चा पदार्थका रुपमा गुणस्तरीय क्लिंकर उपलब्ध गराउने, भारतको विहार राज्यको नेपाल सीमाक्षेत्रमा निकासीको सम्भावना खोजी गरी निकासी गर्न सकिने स्ता मुलुकको हितमा हुन सक्ने बहुआयामीक अवसरको उपयोग गर्ने लक्ष्य लिइएको छ। लगभग २० अर्बको हाराहारीमा हुने लगानीमा उदयपुर सिमेन्टको सेयर हिस्सा, उदयपुर सिमेन्टका कमदार कर्मचारीको सेयर हिस्सा, सिमेन्ट उद्योगबाट असरग्रस्त क्षेत्रको बासिन्दाको सेयर हिस्सा, सर्वसाधारण आमनागरिकको सेयर हिस्साबाट र बाँकी रकम स्वदेशी तथा विदेशी लगानीबाट जुटाउन सकिने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी अघि वढ्ने कार्ययोजना रहेको छ।