काठमाण्डौ । बचतलाई उद्यम विकास र रोजगारी सिर्जनामा परिचालित गर्न प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहकारीलाई ५ प्रतिशत अनुदान छुट दिने भएको छ। 

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सहकारीलाई चुक्तापुँजीको ५ प्रतिशत अनुदान दिने घोषणा गरेको हो। कम्तीमा २० करोड रुपैयाँ चुक्तापुँजी रहने गरी कृषिजन्य उद्योग स्थापना गर्ने सहकारीलाई सरकारले अनुदानको  व्यवस्था गरेको छ। 

सरकारले सहकारीको कुल लगानीको ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था बजेटमार्फत गरेको छ। 

सहकारीले कम्तीमा एउटा स्वदेशी उत्पादनको खरिदबिक्री र बजारीकरणमा सहयोग गर्नुपर्ने व्यवस्था पनि बजेटमा समावेश गरिएको छ।