 
                     
                                
                             
                                    काठमाण्डौ । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
उद्योगपति चौधरीले शुक्रबार १२ः५७ मा ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्। उनले आज बिहान गरेको पीसीआर परीक्षणका क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन्।
चौधरीले आफूलाई कोरोना संक्रमण पुष्टि भए पनि लक्षण भने नदेखिएको बताएका छन्। उनले चिकित्सकको सल्लाहबमोजिम आफू आइसोलेसनमा बसेको बताएका छन्।
उद्योगपति चौधरीले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोनाबाट बच्ने सुरक्षा उपायहरु अपनाउन पनि सल्लाह दिएका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19