काठमाण्डौ। सरकारले पुस ४ गते (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै उधौली पर्व र योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

सरकार मन्त्रिपरिषद्को पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय र काठमाण्डौ उपत्यकामा लागू हुने गरी सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ।