काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स बित्तीय संस्थाले निश्कासन गरेको आइपीओमा थामिनसक्नु गरी आवेदन परेको छ ।

यो कम्पनीले निश्कासन गरेको १ करोड ६५ लाखको आइपीओमा तेश्रो दिनसम्म ४९ करोड बढी आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको हो । यो हिसाबले तेश्रो दिनसम्म मात्रै मागभन्दा ३० गुणा बढी आवेदन परेको देखिएको छ । 

क्यापिटल स्रोतका अनुसार १०० रुपैयाँ अंकित दरका १ लाख ६५ हजार कित्ताका लागि दोश्रो दिनसम्म १ लाख ५६ हजार आवेदन परेका छन् । पुस २१ गतेदेखि निश्कासन भएको आइपीओमा पुस २५(हिजो)सम्म आवेदन दिन सकिने व्यवस्था थियो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ८२० कित्ताका लागि आवेदन दिन पाउनेछन् । कुल निश्कासित कित्तामध्ये ६ हजार ६ सय कित्ता कर्मचारीका लागि, ८२५० कित्ता अस्तित्वमा रहेका ११ वटा म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख ५० हजार १ सय ५० कित्ता सर्वसाधारणका लागि हुनेछ ।

उन्नति माइक्रोफाइनान्सको हालको चुक्तापूँजी ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापुँजी ५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।