काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमीटेडको एफपीओ बाँडफाँट भएको छ । 

एक समारोहका बीच सिद्धार्थ क्यापिटल लिमीटेडले एफपीओ बाँडफाँट गरेको हो । 

यो लघुवित्तले सर्वसाधारणका लागि कात्तिक २१ देखि २४ गतेसम्म साधारण सेयरको थप निश्कासन(एफपीओ) गरेको थियो । 

कम्पनीले १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ सर्वसाधारणका लागि निश्कासन गरेको थियो । 

बाँडफाँटका क्रममा १० कित्ताको दरले १७ हजार ८४५ आवेदकले एफपीओ पाएका छन् । 

एकजनाले थप एक कित्ता र अर्को एकजनाले ०.१८ थप कित्ता पाएका छन् । 

यो एफपीओमा कुल १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ३२५ जनाको आवेदन रद्ध भएको थियो । 
कुल १ करोड १७ लाख २० हजार ८६० कित्ता खरीदका लागि आवेदन परेको थियो । 

यसरी हेर्दा एफपीओ खरीदका लागि आवेदन दिएकामध्ये १.६६ प्रतिशतले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी ९८.३३ प्रतिशतको हात खालि भएको छ ।