काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशतको दरले हकप्रद सेयर वितरणको घोषणा गरेको छ । 

आज नेप्सेको वेबसाइटमा प्रकाशित सूचना अनुसार कम्पनीले ५ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको घोषणा गरेको हो ।

यसअघि यो कम्पनीको बोर्डले हाल कायम रहेको ५ करोड ५० लाख चुक्तापूँजीको २५ प्रतिशतको दरले हकप्रद निश्कासन गर्ने निर्णय गरेको थियो । तर, यो निर्णयमा संसोधन गर्दै अब २० प्रतिशत हकप्रद निश्कासनको निर्णय भएको हो । 

हकप्रदपछि कम्पनीको चुक्तापूँजी ६ करोड ६० लाखको उचाईमा पुुग्नेछ ।