काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स कम्पनीले आगामी फागुन १३ गतेदेखि २० प्रतिशत हकप्रद सेयरको बिक्री खुलाउने भएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ लाख १० हजार कित्ता हकप्रद सेयरको बिक्री खुलाउन लागेको हो । 

इच्छुक सेयरधनीले चैत १७ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिइसक्नुपर्नेछ ।

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमीटेडले गर्नेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ५ करोड ५ लाख रुपैयाँ रहेको छ । यो माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई ४०.५० प्रतिशत बोनस सेयरको अफर यसअघि नै गरिसकेको छ । हकप्रद र बोनस सेयर दुवैको पूँजीकरणपछि कम्पनीको चुक्तापूँजी बढेर ८ करोड ८२ लाख माथि पुग्नेछ ।

यो कम्पनीले हकप्रद प्रयोजनका लागि माघ १६ गतेलाई बुक क्लोज मिति तोकेको थियो । यसको अर्थ माघ १५ गतेसम्म कम्पनीको सेयर खरीद गरेकाहरुले मात्र हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् । 

दोश्रो बजारमा उन्नति माइक्रोफाइनान्सको अन्तिम बिक्री मूल्य प्रतिकित्ता १३६० रुपैयाँ रहेको छ । 

कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ करोड ११ लाख बढी खूद नाफा आर्जन गरेको छ ।