काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चैत ७ गते उपकार लघुवित्तलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनको अनुमति पाएसँगै अब यो लघुवित्तले २ करोड ६६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ।
संस्थाले १०० अंकित दरका कुल २ लाख ६६ हजार २५० कित्ता आईपीओ जारी गर्नेछ।
संस्थाको यो आईपीओ चुक्तापुँजीको ३६ प्रतिशतबराबरको हुनेछ। संस्थामा ६४ प्रतिशतले हुन आउने ३ लाख ९० हजार कित्ता संस्थापक समूहको रहेको छ।
यो आईपीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago