 
                     
                                
                             
                                    काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड वैशाख ९ गते (शुक्रबार) हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार उपकार लघुवित्तको आईपीओ बाँडफाँड बिहान ८ बजे हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम नेपाल एसबीआई मर्चेन्टको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा राखिएको छ।
उपकार लघुवित्तले गत चैत २५ गतेदेखि चैत ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री गरेको थियो। कुल कित्तामध्ये ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन्।
यो लघुवित्तको आईपीओमा मागभन्दा झन्डै १२५ गुणा बढी आवेदन परेको छ। यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी २२ हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
यो आईपीओमा कुल २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ५६ हजार २३० कित्ताका लागि आवेदन दिएका छन्। यो हिसाबले बाँकी २४ लाख ९ हजार बढी आवेदकको हात खाली हुनेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19